नियम
समितिको गठन
  (१) कोषको तर्फबाट गर्ने सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख तथा नियन्त्रण गर्न एक सञ्चालक समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः –
(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – अध्यक्ष
(ख) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ग) सचिव, अर्थ मन्त्रालय – सदस्य
(घ) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य
(ङ) सचिव, स्थानीय विकास मन्त्रालय – सदस्य
(च) स्नातकोपाधि हासिल गरी आर्थिक बृद्धि, पूर्वाधार विकास वा सामुदायिक विकासको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएका
व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेका तीनजना – सदस्य
(छ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय –सदस्य–सचिव
(३) उपनिमय (२) को खण्ड (च) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) कोषको उद्देश्य वा हित विपरित काम गर्ने उपनियम (२) को (च) बमोजिम मनोनीत सदस्यलाई नेपाल सरकारको जुनसुकै बखत हटउन सक्नेछ ।
तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाईको मौका अवसरबाट वञ्चित गरिने छैन ।